शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब, विदेशी सञ्चिति ९.५४ अर्ब



काठमाडौं । गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको हो । अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो ।

उच्च आयातको कारण गतवर्ष शोधानान्तर २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा गएको छ । गतवर्ष ९ अर्ब ५४ करोड रुपैयाँले अमेरिकी डलरको सञ्चिति रहेको छ । यसले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

जेठ मसान्तसम्मको तुलनामा विदेशी मुद्राको सञ्चितिमा सुधार आएको देखिएको छ ।

जेठ मसान्तसम्म ९ अर्ब ४५ करोड अमेरिकी डलरले विदेशी सञ्चिति थियो । असार मसान्तमा १० करोड अमेरिकी डलरले विदेशी सञ्चिति बढेको हो । जेठ मसान्तमा २ खर्ब ६९ अर्बले शोधानान्तर घाटा थियो । असारमा शोधानान्तर स्थितीमा समेत केही सुधार आएको हो ।


क्लिकमान्डु