सेयर बजारमा छायो हरियाली, कारोबार रकम भने बढेन



काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । कारोबारको शुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । जसको प्रभाव बजारमा देखिएको छ ।

निकै समयदेखि बजारम गिरावट आएको थियो । सोमबार भने निकै सुधार देखिएको छ । बजारमा सुधार आएको भएपनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छैन । बजार मापन गर्ने सूचक ५५.८८ अंकले बढेर परिसूचक २०६५.८९ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ बिन्दुमा रोकिएको छ । २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको १६.६४, विकास बैंक १९०.८२, वित्त कम्पनी १२५.६६, जलविद्युत १०५.७२, जीवन बीमा १४७.२८, माइक्रोफाइनान्स २३.९५, माइक्रोफाइनान्स १३६.०३, निर्जीबन बीमा समूहको उपसूचक २५४.१९ अंकले बढेको छ ।

यो दिनको कारोबारमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोस फाइनान्स, राधी विद्युत कम्पनी, रिभरफल्स पावर, पन्चकन्याहाई हाईड्रोपावर, अप्पर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै राधी विद्युत कम्पनीको सेयर मुल्यका नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार ३६७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ ।


क्लिकमान्डु