नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?




काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ ।

टेलिकमले अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतले नाफा वृद्धि गर्दै २०७८/७९ मा कुल नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको हो ।

अघिल्लो वर्ष २०७७/७८ मा उसको कुल नाफा ७ अर्ब १२ करोड ९४ लाख थियो ।

टेलिकमले गत आर्थिक वर्षको अन्तिम चौमासमा मात्रै १३६.५३ प्रतिशतले नाफा वृद्धि गरेकाे छ । अघिल्लो आवकाे अन्तिम चौमासमा १ अर्ब २४ करोड ४९ लाख नाफा कमाएको नेपाल टेलिकमले गत आवको आन्तिम चौमासमा २ अर्ब ९४ करोढ ४७ लाख रुपैयाँ नाफा गरेको हाे ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ पुगेको छ ।

गत आवमा बोनस सेयर दिने हल्ला चलेपछि टेलिकमको सेयरमा उछाल आएको थियो । उक्त वर्ष कम्पनीको प्रतिसेयर मूल्य १७७९ रुपैयाँसम्म पुगेको थियो ।


क्लिकमान्डु