इनरुवा मालपोत कार्यालयले जग्गाको मूल्य कठ्ठामै ३० लाख रुपैयाँसम्म बढायो, धरानमा कति ?



काठमाडौं । देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच हुने इनरुवा सुनसरी मालपोत कार्यालयले प्रतिकठ्ठा ३० लाख रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्य बढाएको छ ।

इनरुवा मालपोत कार्यालयको क्षेत्राधिकार पर्ने स्थानबाट मासिक २५ सय हाराहारीमा घरजग्गा किनबेच हुँदै आएकोमा यो वर्ष ३० लाख रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्याङ्कन बढाएको जनाएको छ ।

देशभरका मालपोत कार्यालयले हरेक वर्ष आफ्नो क्षेत्राधिकार पर्ने स्थानहरूको आर्थिक गतिविधि तथा विकासलगायत अन्य विभिन्न क्षेत्रको गतिविधिको अध्ययन गरेर जग्गाको न्यूनतम मूल्याङ्कन तोक्दै आएको छ ।

त्यस्तै, इनरुवा कार्यालयले यो वर्ष बढ्दो शहरीकरण, जग्गाको मूल्य वृद्धि, बसाईंसरार्इं, जनसंख्या वृद्धि, जग्गाको तीब्र खरिद बिक्री र भौतिक पूर्वाधारको विकासको आधारमा ईनरुवा क्षेत्राधिकार पर्ने जग्गाको मूल्य बढाएको जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा ईटहरी वडा नम्बर १(क) महेन्द्र राजमार्गसँग जोडिएको तथा कोशी राजमार्गसँग जोडिएका जग्गाहरुको मूल्य प्रतिकठ्ठा १ करोड २० लाख रुपैयाँ तोकेको थियो । त्यस्तै, सो क्षेत्रमा परेका जग्गाबाहेक उक्त वडाका दायाँबायाँ पीच सडकका जग्गाहरूको प्रतिकठ्ठा ६५ लाख रुपैयाँ र उक्त वडाका अन्य भित्री भागका सडक बाटोका साथै दायाँबायाँका सडकका जग्गाहरुको प्रतिकठ्ठा ४० लाख रुपैयाँ तोकेको थियो ।

हरेक २ वर्षमा जग्गाको न्यूनतम मूल्याङ्कन तोक्दै आएको मालपोत कार्यालयले यो वर्ष १० लाखदेखि ३० लाखसम्म मूल्य बढाएको जनाएको छ । कार्यालयले ईटहरी वडा नम्बर १(क) महेन्द्र राजमार्गसँग जोडिएको तथा कोशी राजमार्गसँग जोडिएका जग्गाहरुको मूल्य प्रतिकठ्ठा १ करोड ५० लाख रुपैयाँ, सो क्षेत्रमा परेका जग्गाबाहेक उक्त वडाका दायाँबायाँ पिच सडकका जग्गाहरूको प्रतिकठ्ठा ९० लाख रुपैयाँ र उक्त वडाका अन्य भित्री भागका सडक बाटोका साथै दायाँबायाँका सडकका जग्गाहरुको प्रतिकठ्ठा ५० लाख रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कार्यालयले वडा नम्बर १(ख) का जग्गाहरूको न्यूनतम मूल्य प्रतिकठ्ठा ५० लाखदेखि १ करोड रुपैयाँ र वडा नम्बर १(ग) का जग्गाहरूको मूल्य प्रतिकठ्ठा १८ लाखदेखि १ करोड ५० लाख रुपैयाँ तोकेको छ ।

कार्यालयले इटहरी वडा नम्बर(क) र २(झ) का जग्गाको न्यूनतम मूल्य ७ लाखदेखि ५० लाख रुपैयाँ, सोही वडाको (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (ञ) र (ट) का जग्गाको ५ लाखकदेखि २८ लाख रुपैयाँ तोकेको छ ।

कार्यालयले इटहरी वडा नम्बर ३ का सबै ब्लकहरूको जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा ४ लाख रुपैयाँदेखि ९ लाख रुपैयाँ, वडा नम्बर ४(क) का जग्गाको ९ लाख रुपैयाँदेखि ७० लाख रुपैयाँसम्म, ४(ख) का जग्गाको मूल्य १४ लाख १ करोड १० लाख रुपैयाँसम्म, ४(ग) का जग्गाको मूल्य १० लाखदेखि ८० लाख रुपैयाँसम्म, ४(घ) का जग्गाको मूल्य १४ लाखदेखि ८० लाख रुपैयाँसम्म, ४(ङ) का जग्गाको ७ लाखदेखि ७० लाखसम्म र ४(च) का जग्गाको मूल्य ६ लाखदेखि ७० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।

त्यसैगरी, इटहरी वडा नम्बर ५ मा रहेका जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा ६ लाखदेखि ९० लाख रुपैयाँसम्म, वडा नम्बर ६ मा रहेका जग्गाहरूको ६ लाखदेखि ३२ लाख रुपैयाँसम्म, वडा नम्बर ७ का जग्गाहरुको प्रतिकठ्ठा ४ लाख ५० हजारदेखि ८० लाख रुपैयाँसम्म, वडा नम्बर ८ का जग्गाको मूल्य प्रतिकठ्ठा ९ लाखदेखि १ करोड १० लाख रुपैयाँसम्म तोकेको छ । साथै, वडा ९ का जग्गाको मूल्य प्रतिकठ्ठा ३ लाखदेखि १८ लाख रुपैयाँसम्म तोकेको छ ।

त्यस्तै, कार्यालयले खनार गाविसका जग्गाको मूल्य प्रतिकठ्ठा ३ लाखदेखि ६० लाखसम्म, हासपोसा गाविसका जग्गाको ४ लाखदेखि ६० लाख रुपैयाँसम्म र एकम्बाको जग्गाको मूल्य २ लाखदेखि ३५ लाखसम्म तोकेको छ । त्यस्तै, इनरुवा क्षेत्राधिकार पर्ने अन्य जग्गाको मूल्य प्रतिकठ्ठा ८० हजारदेखि ६० लाख रुपैयाँसम्म तोकेको छ ।

धरानले पनि बढायो

सुनसरी मालपोत कार्यालयले पनि यो वर्ष प्रतिकठ्ठा १३ लाख रुपैयाँसम्म बढाएको छ । कार्यालयले हरेक २ वर्षमा मूल्य बढाउने प्रचलन रहेकाले यो वर्ष बढाएको जनाएको छ । कार्यालयले आव २०७६/७७ मा प्रतिकठ्ठा १२ लाख रुपैयाँसम्म बढाएको थियो । त्यस्तै, यो वर्ष कार्यालयले प्रतिकठ्ठा १३ लाख रुपैयाँसम्म बढाएको छ ।

यसअघि कार्यालयले धरान नगरपालिकाका वडा नम्बर ५,६ का (क) वर्गका जग्गाहरूको न्यूनतम मूल्याङक्न प्रतिकठ्ठा १ करोड ३२ लाख रुपैयाँ तोकेको थियो । त्यस्तै, यो वर्ष कार्यालयले सो जग्गाको मूल्य प्रतिकठ्ठा १३ लाख बढाएर १ प्रतिकठ्ठा १ करोड ४५ लाख रुपैयाँ न्यूनतम मूल्याङ्कन तोकेको छ ।

त्यसैगरी, धरानकै १ नम्बर वडादेखि १२ नम्बर वडाका विभिन्न प्रकारका जग्गाका न्यूनतम मूल्य प्रतिकठ्ठा १६ लाख ५० रुपैयाँ तोकेको छ ।

त्यस्तै, धरान वडा नम्बर १ का जग्गाहरुको न्यूनतम मूल्य प्रतिकठ्ठा १० लाखदेखि ३५ लाख रुपैयाँसम्म, वडा नम्बर ४ का जग्गाको १५ लाखदेखि ३९ लाख रुपैयाँसम्म, वडा नम्बर ७ का जग्गाको १० लाखदेखि ५० लाख रुपैयाँसम्म, वडा नम्बर ८ का जग्गाको १५ लाखदेखि ५१ लाख रुपैयाँसम्म, वडा नम्बर ९ का जग्गाको १० लाखदेखि ४४ लाख रुपैयाँसम्म, वडा नम्बर १० का जग्गाको ७ लाखदेखि ३४ लाखसम्म र वडा नम्बर ११ का जग्गाको ५ लाखदेखि २५ लाख रुपैयाँसम्म तोकेको छ ।

साथै, बाझगराका विभिन्न वडाका जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा ३ लाखदेखि ४६ लाख रुपैयाँसम्म घोपाका वडाको जग्गाको मूल्य ३ लाखदेखि ५८ लाख रुपैयाँसम्म र चतराका वडाका जग्गाको मूल्यको ५० हजारदेखि १६ लाख रुपैयाँसम्म मूल्य बढाएको छ ।


क्लिकमान्डु