फोहोर व्यवस्थापन गर्न सरकारसँग हुती छैन, बालेनले एमालेसँग सहकार्य गर्नुपर्छः योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् ।

आइतबार प्रनितिधि सभाको शुन्य समयमा बोल्दै भट्टराईले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा एमालेसँग स्पष्ट धाराणा भएको भन्दै सहकार्यको आह्वान गरेका हुन् ।

‘काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ, तर आज ७१ दिनसम्म काठमाडौंको फोहोर उठ्न सकेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु यसबारे बेखबर भएको र एमालेसँग मात्रै स्पष्ट भिजन र दृष्टिकोण भएकाले सहकार्यको आह्वान गर्दछु ।’

भट्टराईले काठमाडौं उपत्यकामा फोहोर नउठ्दा झाडापखाला र हैजाको जोखिम भएको समेत बताए ।

‘सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुती छैन, म सरकारको ध्यानाकर्षण पनि गर्दैन,’ उनले भने, ‘म कामनपाका प्रमुख बालेन शाहलाई स्पष्ट एमालेसँग सहकार्य गर्न आग्रह गर्दछु, होइन भने फोहोर व्यवस्थापन हुन सक्दैन ।’

उनले मेयर शाह सरकारको भर परे असफल हुने निश्चित भएको दाबी गरे । उनले यसले काठमाडौं उपत्यकालाई बर्बार्दीतर्फ धकलेको भन्दै सांस्कृतिक सहर काठमाडौंको संरक्षण आजको आवश्यकता रहेको बताए ।


क्लिकमान्डु