प्रि-ओपनिङमा सेयर बजारमा आयो गिरावट
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारम गिरावट देखिएको छ ।
बजार मापन गर्ने सूचक २.६१ अंकले घटेर परिसूचक २०३५.३२ बिन्दुमा रोकिएको छ ।
१४ कम्पनीको १ हजार ४१६ कित्ता सेयर १३ लाख ३० हजार ३५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक १.२३, माइक्रोफाइनान्स समूहको उपसूचक ०.०७ अंकले बढेको छ भने जलविद्युत १०.१६, जीवन बीमा ५२.८६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४७.०१ अंकले घटेको छ ।