बाग्मती प्रदेशले लाइसेन्स कोटा बढायो, अब दैनिक ३६७५ जनाले आवेदन दिन सक्ने



काठमाडौं । बागमति प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा कोटा थप गरेको छ । मन्त्रालयले अबदेखि दैनिक ३६ सय ७५ जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि बागमति प्रदेशमा पर्ने यातायात कार्यालयहरूकबाट दैनिक २४ सय ६० जनाले मात्रै आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । तर, आजबाट भने दैनिक ३६ सय ७५ जनाले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

‘मन्त्रायलका कार्यालयहरूबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी वर्ग थप र नयाँ आवेदनको लागि सेवाग्राहीहरुको अत्याधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको व्यवस्था गरेको हो,’ जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयले आज बेलुका ४ः३० बाट लागू हुने गरी तोकिएको दिनका लागि आवेदन दिन सक्ने जनाएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको आवेदन संख्या घटाएको छ । गत असार २८ गते ४७५ जना आवेदन संख्या कायम गरेकोमा अहिले घटाएर ४२५ कायम गरेको छ ।

त्यसैगरी, ठूलोभर्याङमा कोटा संख्या भने बढाएको छ । गत असार २८ गते मन्त्रालयले ४७० आवेदन संख्या कायम गरेकोमा अहिले ८ जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

साथै, भक्तपुर राधेराधेमा यसअघि ६९५ कायम गरेकोमा अबदेखि ९५० जना, चावहिमा ४७० जना रहेकोमा अहिले ८ सय जना र हेटौंडामा ३५० जना रहेकोमा अहिले ७ सय जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु