सरकार निजी क्षेत्रसँग पूर्णविश्वासका साथ काम गर्न चाहन्छः मन्त्री बडू



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताए ।

मन्त्री बडूले सरकारले आफ्नो सीमाभित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए । उनले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि बताए । उनले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताए ।

मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघिबढ्न तयार रहेको भन्दै नजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गरे । उनले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताए ।

‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न चाहन्छ । निजी क्षेत्रले गरेको अपेक्षा पूर्ण रुपमा पूरा हुन्छ । निजी क्षेत्रसँग हामी पूर्ण विश्वास गर्न चाहन्छौँ । सरकार अहिलेको आर्थिक अवस्थालाई सुधार्न चाहन्छ । सरकारको सीमा भित्र रहेर निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ । अफ्ठ्यारा काम फुकाउन सरकार तयार छ । मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनुपर्छ । यी सबै प्रवन्धहरु सरकार गरिरहेको छ । औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक छ । पूर्णरुपले चल्न सकेका छैनन् । यसका लागि उपयुक्त ढाँचा तयार गर्ने काम गरिरहेको छ । लगानी सुरक्षित हुनेमा सरकार आश्वासन दिन्छ । अब मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि सरकार तयार छ । तपाईहरु पनि तयार रहनुस् । अब अविश्वासको वातावरण समाप्त हुन्छ । विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता हो । आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको छ । हामी निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार छ । निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध छ ।’ उनले भने ।

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको बताए । उनले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताए ।


क्लिकमान्डु