अर्थ सचिवको जिम्मेवारी पुष्करलाई, राजस्वमा दंगाल



काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो ।

यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवापछि रिक्त पदमा तत्कालका लागि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको थियो । त्यसैगरी बैठकले राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मामाथि चालु आवको बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि सचिव मरासिनी विदामा बसेका थिए । तर अर्थमन्त्री शर्माले राजीनामा दिएपछि काममा फर्किएका मरासिनीलाई अर्थमन्त्रीमा फेरि शर्मा नै आएपछि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।


क्लिकमान्डु