पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता हुने



काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए ।

माथिल्लो कर्णाली जलविद्युत परियोजना सरकारको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिए ।

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ ।

‘हामी पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ । यो सहमतिपत्र गर्ने भन्ने बोर्डले डिसिजन गरेको छ । अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो,’ उनले भने ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सरकारको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ ।

तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्नेछ । प्रक्रिया अघि बढाउनेछ । सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागेको छ ।

त्यसको लागि अवधारणापत्रस्वीकृत गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने छ ।

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्व्ीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण९३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनाहरुलाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए । । यसमा अर्थ, उर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रुपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।

साथै सिमन्ट उद्योग परियोजनाहरु विकास गर्दा वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने प्रविधिहरुको अवलम्बन गर्न जोड दिए ।

ठूला पूर्वाधार निर्माणमा लगानी भित्र्याउन एवं परियोजना सहजीकरणमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र लगानी बोर्डको कार्यालयबाट सम्पादित कार्यहरुको उच्च मूल्यांकन गर्दै अझ गतिशीलताका साथ अगाडि बढाउन निर्देशन दिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन, परियोजना विकास, संस्थागत क्षमता विकास एवं साझेदारी लगायतका क्षेत्रमा भएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनु भएको थियो ।

परियोजनाहरुको विकास र सहजीकरणका सन्दर्भमा लगानी बोर्डको निर्देशन बमोजिम लगानी बोर्डको कार्यालय उच्च मनोबलका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु