सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु