चन्द्रागिरी हिल्सले कमायो साढे २ करोड बढी नाफा, प्रतिसेयर आम्दानी डेढ रुपैयाँ



काठमाडौं । गत असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २ करोड ५५ लाख ७७ हजार ४४७ रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा २७ करोड २६ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरिरहेको कम्पनी गत असार मसान्तमा आइपुग्दा नाफामा रहेको छ । कोरोना महामारी न्यून भएपछि पर्यटन आगमन बढेसँगै कम्पनीको आम्दानी पनि बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ ।

असार मसान्तसम्म कम्पनीले ६६ करोड ९८ लाख ४८ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड १९ लाख ४८ रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो आवको असार मसान्तमा ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोष ३९ करोड ४४ लाख ३६ हजार रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा रहेको छ ।


क्लिकमान्डु