सिभिल बैंक पहिलो पटक उक्लियो अर्बपति क्लबमा, १ अर्ब ३८ करोड नाफा
काठमाडौं । सिभिल बैंक पहिलो पटक नाफामा अर्बपति क्लबमा पुगेको छ । सिभिल बैंक स्थापना भएपछि अहिलेसम्म नाफा १ अर्ब हुन सकेको थिएन । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ३८ करोड रुपैयाँ नाफा भएको जनाएको छ ।
घल्लो आर्थिक वर्षमा सिभिल बैंकको नाफा ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब भएको उल्लेख गरेको छ ।
यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ ।
यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ ।
सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजेशनमा जाने सम्झौता गरेको छ ।
बैंकको अध्यक्षमा आएका प्रतापजंगा पाण्डे तथा प्रमुख कार्र्यकारी अधिकृत सुनिल पोखरेलको नेतृत्वमा पहिलो पटक नाफामा बैंकले रेकर्ड कायम गरेको हो ।
असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।