बंसी ब्रान्डमा मैदा र आँटा बेच्ने हिमगिरि फुडको नाफा ६ प्रतिशतले घट्यो



काठमाडौं । बंसी ब्रान्डको मैदा, आँटा, सुजी र चोकर बेच्ने हिमगिरि फूड प्रडक्टको नाफा ६ प्रतिशतले घटेको छ ।

कम्पनीको सन् २०२० मा ८ प्रतिशतले नाफा घटेको थियो भने सन् २०२१ मा ६ प्रतिशतले नाफा घटेको जनाएको छ ।

कम्पनीले सन् २०२० मा ८८ करोड ८० लाख र सन् २०१९ मा ७९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विगत ८ वर्षदेखि निरन्तर रेडिमेड गार्मेन्ट, इलेक्ट्रोनिक्स, फुड र दानामा संलग्न कम्पनीको अध्यक्ष तरुन अग्रवाल हुन् भने सञ्जय अग्रवाल निर्देशक हुन् ।

कम्पनीले विशेषगरी चार वटा सेग्मेन्टमा खाद्यान्न उत्पादन गर्दै आएको छ । कम्पनीले मैदा, आटा, सुजी, चोकर र चिउरा ‘बंसी’ ब्रान्डमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीलाई दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ६३ करोड रुपैयाँको सुविधा दिएको छ ।

जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि १३ करोड अर्थात् डबल बी माइनस अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु