प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने ५ दलबीच सहमति



काठमाडौं । पाँच राजनीतिक दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देयवाको अध्यक्षतामा बसेको सत्तारुढ दलको बैठकमा सहमति भएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच उक्त सहमति भएको हो ।


क्लिकमान्डु