साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा साढे ६४ करोडभन्दा बढी



काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५० करोड ३७ लाख २१ रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४७ करोड २ हजार ६६४ रुपैयाँ रहेको छ । बैंकको लाभांश दिनसक्ने क्षमता १२.४३ प्रतिशत छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले बैंकको नाफा बढाएको देखिएको छ ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ५४ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ८४ लाख २५ हजार रुपैयाँ थियो । यस्तै सञ्चालन मुनाफा ७३ करोड २५ लाख ६३ हजार रुपैयाँबाट बढेर ९४ करोड ५ लाख १८ हजार रुपैयाँ छ ।

३ अर्ब ७८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १० करोड १७ हजार रुपैयाँ छ । ४३ अर्ब २७ करोड ६५ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३४ अर्ब ४९ करोड ६६ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.२७ प्रतिशतबाट घटेर ०.९६ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०३ पैसा छ ।


क्लिकमान्डु