सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढेको छ । बैंकले गत आवमा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ जबकी अघिल्लो आवमा बैंकले ४१ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३४ करोड ८६ लाख २१ हजार ९०९ रुपैयाँ छ । बैंकको लाभांश दिनसक्ने क्षमता ११.५७ प्रतिशत छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले बैंकको नाफा बढाएको छ ।

१ अर्ब ७४ करोड ७९ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत अघिल्लो आवको सोही अवधिमा १ अर्ब २० करोड ६५ लाख २० हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा ५८ करोड ९४ लाख १२ हजार रुपैयाँबाट बढेर ८६ करोड ४६ लाख २ हजार रुपैयाँ पुगेको छ ।

३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९० करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

४८ अर्ब ७७ करोड ५३ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४० अर्ब ८४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट घटेर ०.९८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा छ ।


क्लिकमान्डु