अर्ब क्लबमा प्रवेश गरेको गरिमा विकास बैंकको नाफा २६.३४% ले बढ्यो, लाभांश क्षमता कति ?



काठमाडौं । गरिमा विकास बैंकको नाफा २६.३४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ थियो । नाफा आर्जनको हिसाबले बैैंक अर्ब क्लबमा प्रवेश गरेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ७५ करोड २ लाख ९० हजार ९४७ रुपैयाँ रहेको छ । बैंकको लाभांश दिनसक्ने क्षमता १६.३८ प्रतिशत रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले बैंकको नाफा बढाएको छ ।

१ अर्ब ९८ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी २ अर्ब ६१ करोड ८ लाख २१ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा १ अर्ब १८ करोड ७२ लाख ३४ हजार रुपैयाँबाट बढेर १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड ३५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

६८ अर्ब ४१ करोड २ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ३२ करोड २२ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।


क्लिकमान्डु