राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८% ले बढ्यो, ५ अर्ब २१ करोड नाफा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले ३७.३८ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड थियो ।

वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक बनेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकले ब्याज आम्दानीबाट ९ अर्ब ६६ करोड कमाएको छ । अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी १७.२९ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन नाफा ११ अर्ब २७ करोड छ । अघिल्लो वर्ष ९ अर्ब ८४ करोड थियो ।

करिब पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड छ । बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा ३ अर्ब ३ करोड गरेको जनाएको छ ।

बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८५.८९ प्रतिशत छ । बैंकको बेसरेट ७.६३ प्रतिशत छ ।

असार मसान्तसम्म बैंकले २ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ६३ अर्ब थियो भने कर्जा १ खर्ब ७७ अर्ब थियो ।


क्लिकमाण्डू