म्यूजिक नेपालले आइपीओ निष्कासन गर्ने, सेयर जारी गर्ने पहिलो सांगीतिक कम्पनी बन्दै



काठमाडौं । म्यूजिक नेपालले साधार सेयर जारी गर्ने भएको छ ।

आइपीओ निष्कासनका लागि बिक्री बन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्ती गर्न क्यापिटल र म्यूजिक नेपालबीच दुई पक्षिय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र म्यूजिक नेपालको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।


क्लिकमान्डु