नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सरकारले छानबिन समितिको प्रतिवेदनका आधारमा अधिकारीलाई बर्खास्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई पदबाट हटाइएको हो ।

सरकारले यसअघि अघिकारीमाथि छानबिन समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए ।

निलम्बनको विरुद्धमा सर्वोच्च अदालत पुगेका अधिकारीले अन्तरिम आदेशसँगै काममा फर्किका थिए । अधिकारीलाई निलम्बन गरेपछि सरकारले महाप्रबन्धमा पाइलट दीपु ज्वार्चनलाई अस्थायी नियुक्ती गरेको थियो ।


क्लिकमान्डु