सेयर धितो कर्जाको सीमा बढ्यो, पुँजी बजारलाई के गर्यो राष्ट्र बैंकले नयाँ व्यवस्था ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाएको छ । राष्ट्र बैंंकले एकीकृत निर्देशिका जारी गर्दै यसअघिको व्यवस्थालाई सशोधन गरेको छ ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड कायम गरिएको छ ।

२०७८ भदौ ८ गते पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह-नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

यस्तै एकीकृत निर्देशिकाले २५ लाख रुपैयाँ सम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ । यस्तै २५ लाख भन्दा बढी भए १५० प्रतिशत जोखिम भार हुनुपर्ने छ । यस्तै ऋणपत्रको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।


क्लिकमान्डु