५ करोडसम्म कर्जा लिएका व्यवसायीलाई असोज मसान्तसम्म सावा, ब्याज तिर्दा हर्जना नलाग्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायीले असोज मसान्तसम्म सावा तथा व्याज भुक्तानी गर्दा थप हर्जना तिर्नु नपर्ने भएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा थप हर्जाना तथा पेनाल ब्याज लाग्नै छैन । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सोही अनुसारको व्यबस्था मिलाउन भनेको छ ।

हाल कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था रहेको थियो ।


क्लिकमान्डु