प्राइम बैंकको नाफा साढे १२ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा प्राइम बैंकले ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ४ अर्ब ६८ करोड ५३ लाख ३३ हजार रुपैयाँबाट बढेर ५ २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

१८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ रहेको छ । १ खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा पनि ०.९८ प्रतिशतबाट १.४० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।


क्लिकमान्डु