बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले भदौ ६ देखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लगेको हो ।

साउन १ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

यसको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले मेरो सेयर, बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकका शाखा तथा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु