२० लघुवित्तको नाफा ४ अर्ब बढी: छिमेकको मात्रै १ अर्ब, कुनले कति कमाए ? 



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचिकृत छन् । आर्थिक वर्ष सकिएसँगै लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । 

सूचिकृत ५१ मध्ये २० वटाले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यी कम्पनीहरूले गत आवमा ४ अर्ब ९ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यी लघुवित्त कम्पनीहरूले ३ अर्ब ८२ करोड ९१ लाख ९७ हजार रूैयाँ खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा यी कम्पनीहरूको नाफा औषतमा ६.९० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस लघुवित्तले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटामध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । छिमेकले गत आर्थिक वर्षमा १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा छिमेकको नाफा २१.४३ प्रतिशतले कम हो ।

वित्तीय विवरण सार्वजनिक गर्ने २० लघुवित्त कम्पनीमध्ये ८ वटाको नाफा घटेको छ । गणपति माइक्रोफाइनान्स, साधना, समता घरेलु, छिमेक, जाल्पा, नाडेप, सूर्योदय र धौलागिरि लघुवित्तको नाफा खुम्चिएको हो ।  

समीक्षा अवधिमा गणपति माइक्रोफाइनान्सको नाफा ५४.७५ प्रतिशत, साधना लघुवित्तको नाफा ०.८३ प्रतिशत, समता घरेलु लघुवित्तको २६.४३ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको नाफा ४.६७ प्रतिशत, नाडेप लघुवित्तको नाफा २८.९६ प्रतिशत र धौलागिरि लघुवित्तको नाफा २५.६९ प्रतिशतले घटेको छ ।

यस्तै, कालिका लघुवित्तको नाफा सबैभन्दा धेरै प्रतिशतले नाफा बढेको छ । समीक्षा अवधिमा यस लघुवित्तको नाफा १३२.७२ प्रतिशतले बढेको हो  गत आवमा कालिकाले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा यसले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कालिकासँगै आरएमडिसी लघुवित्तको नाफा पनि शतप्रतिशतले  बढकेो छ । गत आवका आरएमडिसीले ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा संस्थाले १७ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

फर्स्ट माइक्रोफाइनान्सको नाफा ८७.८२ प्रतिशतले बढेर २६ करोड ९९ लाख ८३ हजार रुपैयाँ पुगेको थियो । अघिल्लो आवको यसै अवधिमा संस्थाको नाफा १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्रै थियो ।

महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशत, सीवाईसी लघुवित्तको नाफा ५५.०८ प्रतिशत, आरएसडिसि लघुवित्तको नाफा ४८.४५ प्रतिशत, एनआइसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशतले बढेको छ । 

यस्तै, समीक्षा अवधिमा सिभिल लघुवित्तको नाफा १३.४९ प्रतिशत, महुलि लघुवित्तको नाफा १०.७१ र ग्लोबल आईएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले बढेको छ । 

मिर्मिरे लघुवित्त र आशा लघुवित्तको नाफा भने १० प्रतिशतभन्दा थोरैले बढेको छ । 

मिर्मिरे लघुवित्तले १०.०५ प्रतिशतले बढेर २० करोड ८१ लाख ९० हजार रुपैयाँ र आशा लघुवित्तको नाफा ०.४४ प्रतिशतले बढेर १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

 CompanyNet Profit(000)Change%
S.N2078/792077/78
1NIC Asia Laghubitta58563547040924.49
2First Microfinance Laghubitta26888314316287.82
3Ganapati Microfinance1861641138-54.75
4Asha Laghubitta Bittiya sanstha1235791230350.44
5CYC Laghubitta803305180055.08
6Sadhan Laghubitta116125117095-0.83
7Samata gharelu laghubitta 79727108361-26.43
8Chhimeka Laghubiita10322831313855-21.43
9Mahila laghubitta 1500999298361.43
10Global Ime Laghubitta25052222765410.05
11Mirmire Laghubitta2081901927558.01
12Jalpa samudayik Laghubitta98657103485-4.67
13Civil Laghubitta736336493913.39
14Nadep laghubitta114096160618-28.96
15RMDC Laghubitta35490817791899.48
16Suryodaya womi Laghubitta139637160539-13.02
17Kalikaa Laghubitta12849655216132.72
18Dhaulagiri Laghubitta2607435086-25.69
19Mahuli Laghubitta1085829807410.71
20RSDC Laghubitta1352029107548.45
 Total4093273.663829197.086.90


क्लिकमान्डु