सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । मंगलबारको कारोबरमा बजारमा सामान्य गिरावट आउनुका साथै कारोबार रकम पनि घटेको छ ।

बजार मापन गर्ने सूचक २.८१ अंकले घटेर परिसूचक २१९३.४३ बिन्दुमा रोकिएको छ । २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ भने केहीमा सुधार पनि देखिएको छ । बैंकिङ समूहको उपसूचक ६.२६, विकास बैंक २१.१२, जीवन बीमा ६४.४६, निर्जीबन बीमा ७.६६, अन्य समूहको उपसूचक १७.३१ अंकले घटेको छ ।

यस्तै वित्त समूहको २३.२३, होटल तथा टुरिजम २८.२३, टे«डिङ समूहको उपसूचक ३७.६० अंकले बढेको छ । कारोबारमा बिन्धा बासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिंग पावर कम्पनी, हिमाल दोलखा हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु