आरएमडिसी लघुवित्तको वित्तीय अवस्थामा उल्लेख्य सुधार, नाफा ९९.४७% ले बढ्यो



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाफा करिब शत प्रतिशत नै बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा कम्पनीको नाफा ९९.४७ प्रतिशतले बढेर ३५ करोड ४९ लाख ८ हजार ८४० रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १७ करोड ७९ लाख १८ हजार ३४ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आवको संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारका कारण नाफामा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो असार मसान्तमा ४० करोड ४६ लाख ५५ हजार ९०४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत असार मसान्तसम्म आइपुदा ६० करोड ५३ लाख ४२ हजार ९८७ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि २७ करोड ६४ लाख ८ हजार ८०५ रुपैयाँ रहेकोमा गत असार मसान्तमा आइपुग्दा बढेर ५१ करोड ४१ लाख ४१ हजार ८८९ रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा भने स्थिर रहेको छ ।

१ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड ५० लाख ९२ हजार ४४८ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६० पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा रहेको छ ।


क्लिकमान्डु