समता घरेलु लघुवित्तको नाफा २६.४३ प्रतिशतले घट्यो
काठमाडौं । गत आर्थिक वर्षमा समता घरेलु लघुवित्तको नाफा २६.४३ प्रतिशतले घटेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड ९७ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा संस्थाले १० करोड ८३ लाख ६१ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाले २२ करोड ४७ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.६८ प्रतिशतले धेरै हो ।
अघिल्लो आवमा कम्पनीले २० करोड ४९ लाख ३ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।
त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा ११.३० प्रतिशतले बढेको छ । गत आवमा संस्थाले २९ करोड ४५ लाख ८७ हजार रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी २६ करोड ४६ लाख ८७ हजार रूपैयाँ मात्रै थियो ।
संस्थाको सञ्चालन नाफा भने अघिल्लो आवको तुलनामा ९३.१२ प्रतिशतले बढेको छ । गत आवमा संस्थाको सञ्चालन नाफा ४ करोड १६ लाख ३२ हजार रूपैयाँ छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा अघिल्लो आवमा २ करोड १५ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।
अघिल्लो आवको तुलनामा लघुवित्तको सापटी २४.२८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ६६ लाख २० हजार रूपैयाँ पुगेको छ । गत आवमा संस्थाको निक्षेप १४.४२ प्रतिशतले बढेको छ ।
३४ करोड २७ लाख ४४ हजार रूपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषको आकार ६.४६ प्रतिशतले बढेर १८ करोड ६७ लाख ७२ हजार रूपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३.२६ रूपैयाँ छ ।