प्रि-ओपनिङमा सेयर बजारमा देखियो सामान्य सुधार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.८० अंकले बढेर परिसूचक २१९८.०५ बिन्दुमा रोकिएको छ ।

१३ कम्पनीको २ हजार ८५ कित्ता सेयर १४ लाख २० हजार ४३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक समूहको उपसूचक १०.१२, वित्त कम्पनी ३.४६, जलविद्युत १.५८, जीवन बीमा ५९.१९, उत्पादन तथा प्रशोधन ३.६३, माइक्रोफाइनान्स समूहको उपसूचक ६.५४ अंकले बढेको छ ।


क्लिकमान्डु