हिमाल दोलखा हाईड्रोपावरको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमाल दोलखा हाईड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

यसअघि कम्पनीले कारोबार समयमा सञ्चालक समितिको बैठक बसेको, लगानीकर्तालाई हकप्रद सेयर दिने सूचना जारी गरेको, बुक क्लोजको मिति समयमा नै जानकारी नगराएको भन्दै कारोबार रोक्का गरेको थियो ।

नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ कम्पनीले दिएपछि सचेत गराउँदै पुनः सेयर दाखिला खारेज बन्द (बुक क्लोज) को मिति तोकी पठाउन निर्देशन दिएर धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरेको जनाएको छ ।

यसअघि बुक क्लोजको मिति साउन १९ गते तोकेको भएपनि नेप्सेलाई समयमा नै जानकारी गराएको थिएन । नेप्सेले कम्पनीलाई पुनः बुक क्लोजको मिति तोकी पठाउन भनेको छ ।


क्लिकमान्डु