महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, ब्याज ११% पाइने



काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले एक अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ऋणपत्र दश वर्षका लागि निकाल्ने भएको छ । ऋणपत्रमा ११ प्रतिशत ब्याज पाइने छ ।

यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले आफै विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

बैंकले प्रदेश १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ सहित १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


क्लिकमान्डु