सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु