विश्व अर्थतन्त्रमा समस्या छ, हाम्रो अर्थतन्त्र सवलिकरणमा लाग्छुः अर्थमन्त्री शर्मा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले विश्व अर्थतन्त्रमा समस्या देखिएको र अबको काम हाम्र्रो अर्थतन्त्र सवलिकरण गर्नु रहेको बताएका छन् । र, यसका लागि आफू लागी पर्ने उनले बताए ।

आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो कार्यकालको पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले यसका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी काम गर्नुपर्ने बताए ।

‘विश्व अर्थतन्त्र समस्यामा छ, यस्तो अवस्थामा हाम्रो अर्थमन्त्र सवलिकरण गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउनु पर्छ ।’

उनले गत आवको बजेट कार्र्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताए ।

उनले बजेट कार्यान्वयनका लागि कर्मचारीतन्त्र सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।


क्लिकमान्डु