अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण, पहिलो निर्णय: निक्षेप बीमाको सीमा बढाउने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।

आइतबार साँझ साढे ६ बजे अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री शर्माले पहिलो निर्णय निक्षेप बीमाको सीमा बढाउने निर्णय गरेका छन् । चालु आवको बजेटमा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग कार्यक्रमको दायरा बिस्तार गरिने उल्लेख छ ।

जसअनुसार अब निक्षेप बीमाको विद्यमान सीमा ३ लाख रुपैयाँलाई बढाएर ५ लाख बनाइनेछ ।


क्लिकमान्डु