अर्थमन्त्री शर्माले राष्ट्रपति समक्ष लिए शपथ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्री शर्माले आइतबार साँझ पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा शपथ लिएका मन्त्री शर्माले आजै मन्त्रालयका कार्यभार सम्हाल्ने छन् । मन्त्री शर्मा २५ दिनपछि पुनः मन्त्रालयमा फर्किएका हुन् ।

अर्थमन्त्रीलाई स्वागत गर्नका लागि अर्थमन्त्रालयमा कर्मचारीहरु लामबद्ध भएर बसेका छन् । २५ दिनपछि फेरि अर्थमन्त्रालय सम्हाल्न लागेका मन्त्री शर्मालाई स्वागत गर्न कर्मचारीहरुले प्लास्टिक र्यापरसहितका पुष्पगुच्छा लिएर बसेका छन् ।


क्लिकमान्डु