अशोक स्टीलको व्यापार १०० प्रतिशतले बढ्यो



काठमाडौं । अशोक स्टीलले सन् २०२१ मा १०० प्रतिशतले आम्दानी बढाएको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् १९९४ देखि टीमटी बार उत्पादन गर्दै आएको कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख मेट्रिक टन छ ।
कम्पनीले विभिन्न देशबाट स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गर्दै आएको छन् ।

कम्पनीको आम्दानीमध्ये ९१ प्रतिशत हिस्सा कच्चा पदार्थबाट रहेको छ भने कम्पनीले ‘अशोक टिएमटी’ ब्रान्डमा डण्डी बिक्री गर्दै आएको छ ।

कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् । कम्पनीलाई केयर रेटिङ एजेन्सीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँको रेटिङ गरेको छ ।

कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ८० करोड ४१ लाख रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब २८ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु