आँखुखोला जलविद्युत् कम्पनीको नाफा २२५८% ले बढ्यो



C

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य सुधार गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको नाफामा २२५७.९९ प्रतिशतले बढेर २ करोड ४८ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको नाफा बढ्न विद्युत बिक्रीबाट हुने आम्दानीको हिस्सा निकै देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी २२ करोड २९ लाख ८२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले विद्युत विक्रीबाट १९ करोड ३५ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी बढाएको भएपनि अन्य स्रोतको आम्दानी घटेको छ । अघिल्लो वर्षको असार मसान्तमा ९ लाख ३१ हजार रुपैयाँ रहेकामा गत असार मसान्तसम्म आइपुग्दा ७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा रहेको छ ।


क्लिकमान्डु