जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदनमा यस्तो छ एमालेको फरक मत



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिन समितिको प्रतिवेदनमा नेकपा एमालेले फरक मत राखेको छ । १३८ पृष्ठ लामो प्रतिवेदनमा एमालेले ९ पृष्ठको लामो फरक मत राखेको छ ।

एमालेले अर्थ मन्त्रालयले समितिलाई सहयोग नगरेको आरोप लगाएको छ । सीसीटीभी फुजेट उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयले कपी सुरक्षित नराखेको। सीसीटीभी जडान २०७० सालमा गरिएको भनिए पनि सार्वजनिक खरिद कार्य सम्बन्धी कागजातहरु २०७६ र २०७८ मा भउको देखिएको उल्लेख एमालेले उल्लेख गरेको छ ।

एमालेले सीसीटीभी फुटेज रिकभर/रिट्राइभबाट प्राप्त शुन्य सेकेन्डका छोटा फ्रेम सहितका क्लिपबाट कुनै निष्कर्षमा पुग्न नसकिने बताएको छ ।

साथै, तत्कालीन अर्थमन्त्री शर्मा र अनधिकृत भनिएका व्यक्ति रघुनाथ घिमिरेको कल डिटेल र मोबाइल लोकसेसन खोजी गर्न गरिएको आग्रहमा अन्य पार्टीका सदस्यहरुले नमानेको एमालेको भनाइ छ ।

यस्तो छ फरक मत


क्लिकमान्डु