सीसीटीभीको फरेन्सिक रिपोर्ट हेर्न बसेको समितिको बैठक स्थगित, साँझ फेरि बस्ने



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित भएको छ ।

सोमबार प्रहरीले पठाएको सीसीटीभीको फरेन्सिक रिपोर्ट प्राप्त भएपछि मंगलबार विहान बसेको छानबिन समितिको बैठक मंगलबार साँझ बस्ने गरी स्थगित भएको समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

पूर्वअर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

समितिले उक्त विषयमा विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरिसकेको छ । साथै, बजेट सार्वजनिक गर्ने अघिल्लो दिनको अर्थमन्त्रालयमा भएको सीसीटीभी फुजेट रिकभरका लागि प्रहरी ल्यावमा पठाएको थियो ।

प्रहरीले उक्त सीसीटीभी फुटेज रिकभरको फरेन्सिक रिपोर्ट सोमबार समिति समक्ष पठाएको थियो ।

११ सदस्यीय समितिलाई शुरुमा १० दिनको समय दिइए पनि अनुसन्धानमा समय अपुग भएको भन्दै ७ दिन समय थप गरिएको थियो ।


क्लिकमान्डु