अर्थशास्त्रीलाई राष्ट्रपतिले सोधिन- अर्थतन्त्र सुधार गर्न के गर्नुपर्छ ?



काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थशास्त्रीहरुसँग देशको अर्थतन्त्रको बारेमा छलफल गरेकी छन् ।

आइतबार राष्ट्रपति भवन शितलनिवासमा भएको छलफलमा राष्ट्रपतिले अर्थतन्त्रको पछिल्लो अवस्थाको बारेमा छलफल गरेकी हुन् ।

राष्ट्रपतिले नेपाल राष्ट्र बैंकका तीनजना पूर्व गभर्नर डा युवराज खतिवडा,दिपेन्द्र बहादुर क्षेत्री तथा डा. चिरञ्जीवि नेपालसहित अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीसँग छलफल गरेकी हुन् ।

अर्थशास्त्रीसँगको छलफलमा राष्ट्रपतिले व्यापारघाटा बढ्दा अर्थतन्त्रमा पार्ने समस्याको बारेमा जिज्ञासा राखेकी थिइन् ।

राष्ट्रपतिसँगको छलफलमा अर्थशास्त्रीहरुले उपभोगमा केन्द्रीत भएको कारण व्यापार घाटा अत्यधिक बढेको तथा नीतिगत अस्थिरता तथा योजनाहरु कार्यान्वयन हुन नसकेको बारेमा जानकारी गराएका थिए ।

‘राष्ट्रपतिबाट अर्थतन्त्र समस्यामा परेर संकटमा जाने स्थिती के छ ? तथा सुधार कसरी गर्न सकिन्छ भन्नेमा छलफल गर्नुभयो,’ भेटमा सहभागी राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले भने ।


क्लिकमान्डु