राधी विद्युत् कम्पनीले बनायो लगानीकर्ताको हातखाली, कहिले हुन्छ बुक क्लोज ?



काठमाडौं । राधी विद्युत् कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएको हो ।

आइतबार बसेको कम्पनीको सञ्चालन समितिको बैठकले साउन ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आव २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, उक्त आवको वासताल, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गर्ने भएको छ ।

यस्तै सभामा आव २०७८/७९ को लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव रहेको छ । ३० गते हुने सभाका लागि साउन २० गते एक दिन बुक क्लोज हुने भएको छ । १९ गतेसम्म कायम रहेको लगानीकर्ताले सभामा भाग लिन पाउनेछन् । सभा जुममार्फत् हुनेछ ।


क्लिकमान्डु