छुट्ला है श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिन



काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र आवेदकले आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ निष्कासन गरेको छ । जसमा १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु