स्टार्टअपमा बैंक बाहिरको लगानी प्रवर्द्धन गर्न राष्ट्र बैंकले अध्ययन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टार्टअप व्यवसायमा थप लगानी विस्तार गर्न बैकल्पिक लगानीका विभिन्न उपायहरुमा अध्ययन गर्ने घोषणा गरेको छ ।

राष्ट्रय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन बैकल्पिक वित्तका स्वरुपहरुमा अध्ययन गरिने घोषणा गरेको छ ।

राष्ट्र बैंकले पियर टु पियर लेन्डिङ, क्राउडफन्डिङ सम्बन्धमा अध्ययन गर्ने जनाएको छ । पियर टु पियर लेन्डिङ भन्नाले बैंकसम्म नपुगी साथीभाइ वा अन्य संस्थाबाट लगानी गर्ने भन्ने बुझिन्छ । जसलाई सोसल लेन्डिङ वा क्राउडफन्डिङ पनि भनिन्छ ।


क्लिकमान्डु