कोरोनाको मारमा परेका विद्युत आयोजनाले एक वर्ष सहुलियत पाउने



काठमाडौं । कोरोना महामारीका कारण समयमा नै व्यापारिक उत्पादन सुरु गर्न नसकेका, समयमा नै लाईसेन्स लिन नसकेका, वित्तीय व्यवस्थापन समयमा नै गर्न नसकेका र विद्युत उत्पादनको अनुमति पत्र बुझाउनु पर्ने मिति एक वर्ष थप हुने भएको छ ।]


त्यसको लागि कोरोना महामारीबाट असर परेको आयोजनाले प्राधिकरणमा १५ दिने भित्र तोकिएको ढाँचा अनुसार निवेदन दिनुपर्ने छ ।

२०७७ चैत ११ गतेदेखि २०७८ चैत १० भित्र महामारीको असर पर्ने विद्युत आयोजनाका प्रबद्र्धकहरुले विद्युत व्यापार विभाग, विद्युत प्राधिकरणमा आइपुग्नेगरी निवेदन दिन भनिएको छ ।

असार २८ को निर्णय अनुसार तोकिएको समयभित्र प्राप्त निवेदनहरुको कारबाही अगाडि बढाइने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु