अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय विमान निर्माणका लागि विज्ञ समूह गठन गरिने बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमाको छलफल आइतबार क्यानको बोर्ड बैठकमा विज्ञ समूह गठन गर्नका लागि निर्णय गरिएको बताएका छन् । उनले अब केही दिनमा मन्त्रिपरिषदको बैठकले विज्ञ समूह गठनबारे निर्णय गर्ने बताए ।

‘विमानस्थल निजगढमै बनाउने हो वा अन्य स्थानमा बनाउने हो भन्ने विषयमा अध्ययनका लागि तटस्थ, निष्पक्ष विज्ञ समूह गठन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अदालतको फैसलापछि विज्ञ समूह गठन गर्नु परेको हो ।’

अदालतले उपयुक्त स्थान खोज र कमभन्दा कम वातावरणीय क्षति पुग्ने गरी प्रतिवेदन तयार पार भनेकाले विज्ञ समूह गठन गर्न लागिएको उनले बताए ।

उनले अध्ययनले निजगढमै बनाउने वा अन्यत्र बनाउने भन्ने विषयमा अध्ययन समितिको सुझाव अनुसार अघि बढाउने बताए ।

‘चालु आवको बजेटमा पनि निजगढ विमानस्थलका लागि बजेट छुट्याइएको छ, र अदालतको फैसलाको सम्मान गर्दै अध्ययन समूह गठन गर्न लागिएको हो,’ अधिकारीले भने ।


क्लिकमान्डु