लुम्बिनी विकास बैंकमा लफडा, दुईदिनको फरकमा दुई सीइओ नियुक्त



काठमाडौं । लुम्बिनी विकास बैंकका सञ्चालक समितिमा विवाद भएको छ । जसको प्रभाव प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्तिमा समेत देखिएको छ ।

बैंंकको बोर्डमा अहिले दुई वटा समूह बनेको छ । त्यो समूहले स्वार्थ अनुसार प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा विजय बहादुर श्रेष्ठ वा मा नरेश सिंह बोहरालाई ल्याउने भन्ने बिबाद सुरु भएको थियो ।

अन्तिममा बोहरालाई सीइओ बनाउने खोज्ने समूह बलियो बनेको छ ।

बैंकले यसअघि अमसार २८ गते आगामी ४ वर्षका लागि विजय बहादुर श्रेष्ठलाई सीइओमा नियुक्त गरेको थियो ।

तर सञ्चालकहरुको आन्तरिक लफडाका कारण उनी सीइओ बन्ने कुरा तीन दिन पनि टिक्न सकेन । बैंकले असार ३० गते पुरानै सीइओलाई निरन्तरता दिने निर्णय गर्यो ।

बैंकको असार २८ गते बसेको सञ्चालक समितिको ४२५ औं बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीइओमा नियुक्त गरिएको थियो । उक्त निर्णय बैंकले नेप्सेलाई पनि जानकारी गरायो ।

त्यसको लगत्तै ३० गते बैंकले पुरानो निर्णय परिवर्तन गर्यो ।

बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार ३० गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले असार २८ गतेको निर्णयलाई रद्द गरी सीइओमा नरेश सिंह बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बोहरा साउन २ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीइओ बन्ने भएका छन् ।


क्लिकमान्डु