अपर तामाकोशी हाईड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीका अनुसार चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासको लागि कम्पनीको १४ औं वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु