अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी



काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आइपीओमा आवेदन दिएका मध्ये एक लाख ८२ हजार ४७ जनाले सेयर पाएका छन् । पाँच जनाले ११ कित्ता र बाँकी आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको थियो ।

अपर सोलुले असार २० देखि २३ गतेसम्म १९ करोड ५७ लाख ५० हजार रुपैयाँको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

आइपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरो सेयर, अपरसोलु हाइड्रोपावरको वेबसाइट र सीडीएससीले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु