साउन महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदर नबढाउने निर्णय गरेको छ ।

बैकर्स संघले तरलता बढ्दै गएको तथा मौद्रिक नीति आउने क्रममा रहेको हुँदा असार महिनामा कायम रहेको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय संघले गरेको हो ।

‘मौद्रिक नीति आएपछि भदौ महिनामा ब्याजदरको नीति परिवर्तन होला,अहिलेलाई यथावत राख्ने निर्णय भएको छ,’संघका एक सदस्यले भने ।

अहिले वाणिज्य बैंकहरुले एकवर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने गरेका छन् ।

बैदेशिक रोजगारीमा फर्केका तथा गएकाहरुले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले दिन्छन् । जसमा संस्थागत तर्फ रिन्यूमा ०.१० प्रतिशत बिन्दुले ब्याजदर बढाउन पाइन्छ ।


क्लिकमान्डु